लघुवित्त पीडितहरूले दिए शितल निवास नजिकै धर्ना, लघुवित्त खारेज गर्नुपर्ने पीडितको माग !

काठमाडौँ। लघुवित्त पीडितहरूले शितल निवास नजिकै धर्ना दिएका छन्। लघुवित्त पीडितहरूले चैत २५ गते (सोमबार) शितल निवासस्थित राष्ट्रपति कार्यालय नजिकै धर्ना दिएका हुन् ।

उनीहरूले राष्ट्र बैंकमा दिएको उजुरीमाथि छानबिनको माग गर्दै धर्ना दिएका हुन्। उक्त धर्नामा बैंक, लघुवित्त, सहकारी तथा मिटरब्याज पीडितहरूसमेत छन्।

पीडितहरूले राष्ट्र बैंकमा दिएको उजुरीमाथि छानबिन गरी लघुवित्तहरू खारेज गर्नुपर्नेसमेत माग राखेका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्