खातामा पैसा नहुँदा नहुँदै चेक काट्ने व्यक्ति पक्राउ

काठमाडौँ । खातामा पैसा नहुँदा नहुँदै चेक काट्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला समन्वय समिति (जिसस) काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम रहेका छन्।

प्रहरी वृत्त बानेश्वरको टोलीले उनलाई बैंकिङ कसुरको मुद्दामा बुधबार बिहान पक्राउ गरेको हो । विभिन्न व्यक्तिसँग आर्थिक लेनदेनका क्रममा उनले जारी गरेका चेक नसाटिएपछि उनीविरुद्ध बैंकिङ कसुरको मुद्दा दर्ता भएको थियो।

हाल गौतममाथि थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्