काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुमा हुने अन्तरबैंक कारोबार घटेको छ। चालु आर्थिक वर्ष २०८१-८२ को पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरुमा ६ खर्ब ८७ अर्बबढीको अन्तरबैंक कारोबार भएको हो ।
यस अवधिमा वाणिज्य बैंकहरुको ७८ अर्ब ८१ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरुबीच ६ खर्ब ८ अर्ब ५५ करोड रुपैयाँ गरी कुल ६ खर्ब ८७ अर्ब ३६ करोडको अन्तरबैंक कारोबार भएको छ ।
त्यस्तै, अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुमा कुल २३ खर्ब १८ अर्ब ५३ करोडको अन्तरबैंक कारोबार भएको थियो।
जसमा वाणिज्य बैंकहरुको २० खर्ब ८१ अर्ब ६७ करोड र अन्य वित्तीय संस्थाहरुको २ खर्ब ३६ अर्ब ८६ करोड रुपैयाँ कारोबार भएको थियो।