PRABHU BANK

मेरोमाइक्रोफाइनान्स लघुवित्तको १२औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। यस लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण माघ ४ गते सम्पन्न भएको हो ।

संस्थाको सञ्चालक समितिका अध्यक्ष कल्याण बिक्रम पाण्डेको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले ७.५ प्रतिशत बोनस सेयर पारित गरेको छ ।

साधारणसभाले संस्थाको आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन पारित गर्नुको साथै लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ।

नुवाकोटको बट्टारमा सम्पन्न साधारणसभाबाट सर्वसाधारण समुहका तर्फबाट आगामी ४ वर्षको लागि सञ्चालक समितिको सञ्चालक पदमा बद्री प्रसाद पुडासैनी र ज्ञानु कृष्ण अधिकारी निर्विरोध निर्वाचित भएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै