काठमाडौँ । प्रभु बैंकको २३ औँ वार्षिक साधारणसभाबाट सञ्चालक समितिमा ६ जना निर्वाचित भएका छन्। काठमाडौँको बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा सोमबार सम्पन्न सभाले सञ्चालक समितिमा ६ जनालाई निर्वाचित गरेको हो।
निर्वाचित हुने सञ्चालकमा संस्थापक समूहबाट अम्बिका शर्मा लामिछाने, अंगिरमान सिंह र वृष बहादुर बस्नेत तथा सर्वसाधारण समूहबाट सुरजकुमार श्रेष्ठ, राजु पौडेल र किशोरजंग कार्की छन्।
सभाले बैंकको गत आर्थिक वर्षको २०८०-८१ को वार्षिक तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन पारित गरेको छ।सभाले बैंकका सहायक कम्पनीहरु प्रभु क्यापिटल र प्रभु स्टक मार्केटको गत आर्थिक वर्षको एकीकृत वित्तीय विवरण पनि स्वीकृत गरेको छ।