PRABHU BANK

महालक्ष्मी विकास बैंकले सम्पन्न गर्यो संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । महालक्ष्मी विकास बैंकले विभिन्न वातावरणमैत्री तथा अन्य संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न गरेको छ । बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबर्द्धन, पूर्वाधार निर्माण-सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार जस्ता विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको हो ।

सोही अन्तर्गत महालक्ष्मी विकास बैंकका विभिन्न कार्यालयमा रहेका डिस्पोजेबल कागजहरू राउन्ड टेबल नेपाल र महालक्ष्मी विकास बैंकको प्रत्यक्ष निगरानीमा तोकिएका कागज उत्पादक कम्पनीलाई पुन: प्रशोधनको लागि दिने र सो मार्फत प्राप्त रकम गरिब तथा असहाय विद्यार्थीहरूको शिक्षामा पहुँच विस्तार गर्दै शैक्षिक विकासको लागि खर्च गर्ने गरी राउन्ड टेबल नेपाल सँग समझदारी गरेको छ ।

यसबाट बैंकले गर्दै आएको संस्थागत सामाजिक उत्तरदायित्व कार्य तथा राउन्ड टेबल नेपालले गर्दै आएको ‘बालबालिकालाई शिक्षित गरौँ’ भन्ने परियोजनामा थप टेवा पुग्नेछ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नै तिनकुने टोल सुधार समिति, काठमाडौँलाई फोहोर व्यवस्थापनमा सहयोग पुर्याउन डस्टबिन वितरण गरेको छ ।

त्यस्तै, चार सय भन्दा बढी घर धुरी रहेको उक्त टोलमा स्वच्छता र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ ५० वटा डस्टबिन वितरण गरिएको हो । बैंकको सामुदायिक सरसफाइमा योगदान पुर्याउने दीर्घकालिन प्रतिबद्धता अनुरूप यस किसिमको सहकार्य गरिएको हो ।

बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरूबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल  एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’  सञ्चालनमा ल्याएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै