prabhu

गरिमा विकास बैंकद्धारा ‘गरिमा रोड रेस कम्पिटिसन २०८१’ सफलतापूर्वक सम्पन्न

काठमाडौँ । गरिमा विकास बैंकले ‘गरिमा रोड रेस कम्पिटिसन २०८१’ सफलतापूर्वक सम्पन्न गरेको छ । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैली’ का लागि खेलकुद भन्ने नाराका साथ मंसिर ८ गते शनिबार आयोजित गरिमा रोड रेस कम्पिटिसन सफलतापूर्वक सम्पन्न गरेको हो ।

प्रतियोगिताका प्रमुख अतिथि किर्तिमानी धावक तथा ओलम्पियन बैकुण्ठ मानन्धरले उद्घाटन गरिएको रोड रेस कम्पिटिसनको खुल्लातर्फ महिला र पुरुष तथा कर्पोरेटतर्फ महिला र पुरुष गरी कुल ४ वटा प्रतियोगिता आयोजना गरेको थियो ।

खुल्ला तर्फको १० कि.मी. दुरीको प्रतियोगिता विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौँबाट शुरु भई नारायणगोपालचोक, हात्तीगौँडा हुँदै बुढानीलकण्ठ नगरपालिकाको गणेशचोकमा पुगी पूनः लाजिम्पाट, काठमाडौँआई समापन हुने गरी रुट तय गरिएको थियो भने कर्पोरेट तर्फको ५ कि.मी. दुरीको प्रतियोगिता विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंबाट शुरु भई नारायणगोपालचोक पुगी पुनः लाजिम्पाट काठमाण्डौं आई समापन हुने गरी रुट तय गरिएको थियो ।

त्यस्तै, कुल ६५० जना भन्दा बढी धावकहरुको सहभागिता रहेको उक्त प्रतियोगिताका हरेक विधामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने निम्न प्रतिस्पर्धीहरुलाई क्रमश: रु ७५ हजार, रु६० हजार, रु ४५ हजार, रु ३० हजार र रु १५ हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । बैंकका सञ्चालक तथा ओम हस्पिटल तथा रिसर्च सेन्टरका अध्यक्ष डा.आनन्द प्रसाद श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्ययले कार्यक्रमको उद्देश्यको बारेमा प्रकाश पारेका थिए ।

विकास बैंकका अध्यक्ष श्याम प्रसाद बस्यालले यस किसिमको कार्यक्रमले स्वास्थ जीवनशैली निर्माणमा निकै महत्वपूर्ण भूमिका खेल्ने हुँदा विकास बैंकले प्रत्येक वार्षिकोत्सवमा यस किसिमको प्रतियोगिता सञ्चालन गर्ने जानकारी गराए । कार्यक्रममा बोल्दै एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले गरिमा विकास बैंकले आयोजना गरेको ५ कि.मी.र १० कि.मी.दुरीको प्रतियोगिता नेपालमा आयोजना भएमध्येको हालसम्मकै सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिता भएको बताए ।

साथै, विकास बैंकले मिति २०८१ कार्तिक १४ गते नेपाल र बंगलादेशबीच सम्पन्न साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटवलको फाईनल खेलमा नेपाली महिला फुटवल टिमलाई बंगलादेशको टिम विरुद्ध गर्ने प्रति गोल रु. १ लाखको दरले नगद पुरस्कार प्रदान गर्ने सार्वजनिक घोषणा गरिएकोमा नेपाली टिमले उक्त खेलमा १ गोल गरेकाले घोषणा गरेबमोजिमको रु १ लाख नगद पुरस्कार समेत उक्त कार्यक्रममा अखिल नेपाल फुटवल संघ, राष्ट्रिय महिला फुटवल टिमको प्रतिनिधीलाई हस्तान्तरण गरिएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै