PRABHU BANK

नबिल बैंकले ९२ स्थानको घरजग्गा बिक्री गर्दै

काठमाडौँ । नबिल बैंकले आफ्नो नाममा रहेको घरजग्गा बेच्न लागेको छ । बैंकले देशभरका २५ जिल्लाको ९२ स्थानको घरजग्गा बिक्री गर्न लागेको हो ।

बैंकले काठमाडौं, भक्तपुर, ललितपुर, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), रुपन्देही, बाँके, सुर्खेत, बर्दिया, कैलाली, भोजपुर, दोलखा, काभ्रे, नुवाकोट र दार्चुला जिल्लामा रहेको सम्पत्ति लिलाममार्फत बिक्री गर्न लागेको हो ।

त्यस्तै, बैंकको सम्पत्ति खरिद गर्न चाहने व्यक्तिले मंसिर ९ गतेसम्म कर्जा असुली विभाग बिजुलीबजारमा आइपुग्नेगरी बोलपत्र पेश गर्न आह्वान गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै