PRABHU BANK

कामना सेवा विकास बैंकका ग्राहकहरुलाई दुसित थानी हिमालय रिसोर्टमा छुट

काठमाडौँ । कामना सेवा विकास बैंकका ग्राहकहरुलाई दुसित थानी हिमालय रिसोर्टमा छुट हुने भएको छ । बैंकका ग्रहाहकहरुलाई धुलिखेल, काभ्रे स्थित दुसित थानी हिमालय रिसोर्टमा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको मेनुमा, देवाराना वेल्नेस स्पामा तथा स्विमंग पुल, जकुजी, स्टीम र सउनामा छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् ।

यस छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत हरि प्रसाद लम्साल रिर्सोटका होटल म्यानेजर अनिरुध चौधरीले हस्ताक्षर गरेका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै