काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको सहायक महाप्रबन्धक (एजीएम) मा यशोधन पाण्डेय नियुक्त भएका छन् । पाण्डेय कात्तिक १५ गतेदेखि लागू हुने गरी एजीएममा नियुक्त भएका हुन् ।
उनलाई एजीएममा बढुवा गर्ने निर्णय गरेको बैंकका सीईओ प्रकाश पौडेलले जनाएका छन् । पाण्डेयसँग बैंकिङ क्षेत्रमा १५ वर्ष बढीको कार्य गरेको अनुभव छ । उनी चार्टर्ड एकाउन्टेन्ट (सीए) समेत हुन् ।
त्यस्तै, यसअघि पाण्डेय बैंकको मुख्य व्यवस्थापक पदमा कार्यरत थिए । उनले न्यू होराइजन कलेज बुटवलबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका हुन् ।