PRABHU BANK

चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेसन हबको शुभारम्भ

काठमाडौँ । चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेसन हबको शुभारम्भ भएको छ । बैंकले वैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरूलाई ऋण सहजताको लागि एजुकेसन हबको शुभारम्भ गरेको हो । 

नारायणगढमा एक कार्यक्रमकाबीच सोमबार बैंकले हबको शुभारम्भ गरेको हो । शैक्षिक ऋणका लागि त्यहाँका विद्यार्थी तथा अभिभावकलाई काठमाडौँ जाने बाध्यता हट्नेछ । सो अवसरमा बोल्दै विशिष्ट अतिथि अधिकारीले यस सेवाबाट विद्यार्थी, अभिभावक, शैक्षिक परामर्श संस्थालाई वित्तिय प्रक्रियाको लागि सहज र सरल सेवा मिल्ने बताए ।

यसका लागि आफूहरू सहकार्य गरेर अघि बढ्ने उनले प्रतिबद्धता जनाएका छन् । उनले डकुमेन्ट पुरा भएका विद्यार्थीहरूले प्रभु बैंकको सेवा लिन समेत आग्रह गरेका छन् । प्रभु बैंकका चितवन क्लष्टर प्रमुख साङ्ग्रिला श्रेष्ठले चितवन र यस वरपरका जिल्लाका विद्यार्थी र अभिभावकलाई लक्षित गर्दै सेवा शुरु भएको बताए । बैंकले विद्यार्थी तथा अभिभावकको वित्तीय सहजताको लागि चितवनबाटै सेवा सुरु गरेको जनाए ।

एजुकेसन लोनको परामर्श तथा प्रक्रियाका लागि विद्यार्थीले एजुकेसन हब अथवा प्रभु बैंकको  जुनसुकै शाखाबाट सेवा लिन सक्ने क्लष्टर प्रमुख श्रेष्ठले उल्लेख गरेका छन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै