PRABHU BANK

कुमारी बैंकद्धारा बिराटनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमडौँ । कुमारी बैंकले बिराटनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरङ्गसँगको समन्वयमा विराटनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकले युसएडसँगको साझेदारीमा ‘देशै भरि बर्षै भरि’ उद्यमशिलता विकास एवं प्रर्वद्धनका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको छ ।

वित्तिय ज्ञान, सिप, मनोबृद्धि तथा ब्यवहार विकासबाट मात्रै ब्यवहारिकरुपमा उद्यमशिलता प्रर्वद्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्बसाधारणहरुको विषयगत संबेदनशिलताला सहजै बुझ्न सकिने गरि वित्तिय उद्यमी प्रशिक्षण, वित्तिय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको अभिनय सहितका सन्देशमुलक भिडियोहरु, सचेतनामुलक सन्देशहरु विकास गरि नियमितरुपमा प्रकाशन तथा प्रशारणसमेत गरिरहेको छ ।

त्यस्तै, उद्यमी प्रशिक्षणबाट हरेक स्थानिय निकायमा रहेका उद्यमी सोचहरुको प्रर्वद्धन तथा विकासमा टेवा पुर्याउँदै आर्थिक रुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै