काठमाडौँ । वाणिज्य बैंकहरुले आयात निर्यातका लागि झण्डै एक खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो महिनासम्म वाणिज्य बैंकहरुले आयत निर्यातका लागि ९० अर्ब ६० करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।
गत वर्ष साउनमा बैंकहरुले आयात निर्यातमा कुल ७७ अर्ब २८ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । त्यस्तै, विकास बैंकहरुले भने आयात निर्यातका लागि कुनै पनि कर्जा प्रवाह गरेका छैनन् ।
यता, फाइनान्स कम्पनीहरूले पनि एक खर्ब १० अर्ब ६७ करोड ८० लाख रुपैयाँ निक्षेप सङ्कलन गरे पनि चालु आर्थिक वर्षको सोही अवधिमा आयात निर्यातका लागि कुनै पनि कर्जा प्रवाह गरेका छैनन् ।