PRABHU BANK

ज्योति विकास बैंकद्वारा हात नभएका बालबालिकालाई थ्रीडी प्रिन्टेड कृत्रिम हात वितरण

काठमाडौँ । ज्योति विकास बैंकले बालबालिकालाई थ्रीडी प्रिन्टेड कृत्रिम हात वितरण गरेको छ। बैंकले इनेबल नेपाल नामक संस्थासँगको सहकार्यमा ६ जना बालबालिकालाई थ्रीडी प्रिन्टेड कृत्रिम हात वितरण गरेको हो ।

बैंकले प्रदान गरेको कृत्रिम हातहरुले बालबालिकालाई सामान्य दिनचर्याका काममा सहयोग हुनुको साथै बालबालिकाको मनोबल र आत्मविश्वास उच्च राख्न सहयोग हुने विश्वास राख्नेछ।

बैंकले हालसम्म २६ जना बालबालिकालाई कृतिम हातहरू प्रदान गरेर उनीहरूको जीवन रूपान्तरण गर्न सहयोग गरेको छ ।

ज्योति विकास बैंकले आफ्नो १६औ वार्षिकोत्सवको अवसरमा इनेबल नेपालसँग सहकार्य गरी १६ जना बालबालिकाको लागि कृत्रिम हात निर्माण गर्ने र प्रदान गर्ने घोषणा गरेको थियो । उक्त सहकार्य सम्झौता अनुरूप पहिलो चरणमा जम्मा ६ जना बालबालिकाहरूलाई कृत्रिम हात प्रदान गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै