PRABHU BANK

फाइनान्स कम्पनीहरुले कमाए १४ करोड बढी नाफा, सबैभन्दा धेरै नाफा कमाउनेमा प्रोग्रेसिभ फाइनान्स

काठमाडौँ । फाइनान्स कम्पनीहरुले १४ करोड बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१-८२ को साउन महिनामा फाइनान्स कम्पनीहरुले १४ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।

नाफा कमाउनेमा प्रोग्रेसिभ फाइनान्स, आईसीएफसी फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, सेन्ट्रल फाइनान्स, मञ्जुश्री फाइनान्स, गुडविल फाइनान्स, रिलायन्स फाइनान्स, जानकी फाइनान्स, गोर्खाज फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, मल्टीपर्पस फाइनान्स र नेपाल फाइनान्स रहेका छन्।

जसमध्य सबैभन्दा धेरै नाफा प्रोग्रेसिभ फाइनान्सले कमाएको छ । यो फाइनान्सले एक महिनामा ८ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

यता, घाटा व्यहोर्नेमा  समृद्धि फाइनान्स, पोखरा फाइनान्स, बेस्ट फाइनान्स, क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स र नेपाल सेयर मार्केट एन्ड फाइनान्स रहेका छन्।  जसमध्ये सबैभन्दा धेरै घाटा समृद्धि फाइनान्सले व्यहोरेको छ । यो फाइनान्सले ८ करोड ६९ लाख रुपैयाँ घाटा व्यहोरेको हो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै