PRABHU BANK

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं ११ घर भई हाल काठमाडौँ बस्ने ४१ वर्षीय धिरबहादुर शाही रहेका छन् ।

सो व्यक्तिलाई प्रहरीले काठमाडौँको सुन्धाराबाट पक्राउ गरेको हो । शाहीबिरुद्ध कालिकोट जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कालिकोट खाँडाचक्र नगरपालिका ११ घर भएका शाही २०८१ जेठ २८ मा पक्राउ पुर्जी जारी भएसँगै फरार थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै