prabhu

ज्योति विकास बैंकका ग्राहकहरूलाई क्लोथिङ स्टोर लुगासुगामा छुट

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहकहरूलाई क्लोथिङ स्टोर लुगासुगामा छुट हुने भएको छ । बैंक र उक्त स्टोरबीच भएको सम्झौता अनुसार काठमाडौँ पेप्सीकोलास्थित प्रख्यात क्लोथिङ स्टोर लुगासुगामा बैंकका ग्राहकहरूलाई २२ प्रतिशतसम्मको छुट हुने भएको हो ।

बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै देशभरका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ ।

त्यसैगरी बैंकले हालै काठमाडौँस्थित प्रख्यात ट्रयाङकुलिटी स्पाका देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ग्राहकहरूलाई ३० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरिसकेको छ ।

यता ट्रयाङकुलिटी वेलनेस कार्ड धारक ज्योति विकास बैंकका ग्राहकहरूले ब्युटी सैलुन सेवाहरूमा ४० प्रतिशत छुट तथा स्पा, मसाज, स्टिम, साउना, जकुजी लगायतका अन्य सेवाहरूमा ६० प्रतिशत सम्मको विशेष छुट प्राप्त गर्ने अवसर पाउनेछन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै