PRABHU BANK

बैंकबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा ७.५ प्रतिशतले बढ्यो

काठमाडौँ । बैंक तथा वित्तिय संस्थाहरूबाट प्रवाह हुने घरजग्गा कर्जा बढेको छ । गत आर्थिक वर्ष २०८०-८१ मा बैंकहरुबाट प्रवाह हुने घरजग्गा कर्जा ७.५ प्रतिशतले बढेको हो ।

बैंकहरुबाट अघिल्लो आर्थिक वर्षमा २ खर्ब ४९ अर्ब ४४ करोड रुपैयाँ घरकर्जा प्रवाह भएको थियो । उक्त समीक्षा अवधिमा बैंकहरुले जग्गा खरिद र प्लटिङमा १ खर्ब ५२ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ८.२ प्रतिशतले बढी हो ।

बैंकहरुले जग्गा खरिद र प्लटिङमा अघिल्लो वर्ष १ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँमा कर्जा लगानी गरेको थियो ।

यता, बैंकहरुमा आवासीय व्यक्तिगत घरजग्गा कर्जाको माग बढी हुने गरेको देखिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै