PRABHU BANK

प्राइम कमर्सियल बैंक र साङ्ग्रिला डेभलपमेन्ट बैंकको अन्तरबैंक कार्डलेस विड्रअल सेवा सञ्चालन

काठमाडौँ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले प्राइम कमर्सियल बैंक र साङ्ग्रिला डेभलपमेन्ट बैंकसँगको सहकार्यमा अन्तरबैंक कार्डलेस विड्रअल सेवा सञ्चालन गरेको छ । सो सेवामा आबद्ध बैंकहरुका ग्राहकहरूले सञ्जालमा रहेका एटिएम मेसिन प्रयोग गरी बिना कार्ड मोबाइल बैंकिङ वा कनेक्ट आइपिएसको माध्यमबाट नगद निकाल्न सकिने व्यवस्था थप गरिएको हो ।

प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले यस सेवाको सुरुवात पश्चात् एउटा बैंकको खाताबाट अर्को बैंकको एटिएम मेसिन प्रयोग गरी बिना कार्ड नगद झिक्न सक्नेछन् ।

त्यस्तै, ग्राहकले कनेक्ट आइपिएस मोबाइल एपमा लग इन गरी कार्डलेस विड्रअल अप्सनमा क्लिक गरी निष्कासन गर्ने बैंक खाता छनौट गर्नुपर्नेछ । यस पश्चात् कनेक्टआइपीएसमा रजिस्टर गरिएको मोबाइल नम्बरमा प्राप्त भएको ओटीपिलाई सञ्जालमा उपलब्ध बैंकको नजिकैको एटिएममा उक्त ओटीपिले प्रयोगगरी नगद झिक्न सक्नेछन् ।

बैंकका ग्राहकहरूले कार्डलेस विड्रअल सेवा आफ्नै बैंकको एटीएमबाट मात्र गर्न सकिने व्यवस्था रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै