PRABHU BANK

बैंकिङ कसुर मुद्दाका फरार ५२ वर्षीय निरज श्रेष्ठ पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला दोलखा भिमेश्वर  नगरपालिका वडा नं २ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं २ लाजिम्पाट बस्ने ५२ वर्षीय निरज श्रेष्ठ रहेका छन् ।

श्रेष्ठलाई उच्च अदालत पाटनले  २०७८ कार्तिकमा क्षतिपूर्ति बापत पीडित राहत कोषमा ९६ हजार जम्मा गराउने फैसला गरेको थियो । सो फैसलापछि उनी फरार थिए ।

त्यस्तै, उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनलाई साउन २१ गते न्युरोडबाट पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिको फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालत, बबरमहल पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै