PRABHU BANK

मेरोमाइक्रोफाइनान्स लघुवित्तको नाफा ३६२.५९ प्रतिशतले बढ्यो, यस्तो छ अन्य सूचकको अवस्था (विवरणसहित)

काठमाडौँ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नाफा बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०- ८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ३६२.५९ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले २१ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३६२.५९ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ४ करोड ७४ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

त्यस्तै, समीक्षा अवधीमा कम्पनीको खुद ब्याज आम्दानी १४.०६ प्रतिशतले बढेको छ । खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण कम्पनीको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो । सो अवधिसम्ममा कम्पनीको खराब कर्जा ५.८४ प्रतिशतबाट बढेर ७.६८ प्रतिशत पुगेको छ ।

यता नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १३.४ रुपैयाँबाट बढेर १६.६३ रुपैयाँ पुगेको छ । कम्पनीले उक्त अवधिसम्ममा १९ करोड ६२ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ ।

यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ १६०.५३ रुपैयाँ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै