PRABHU BANK

वाणिज्य बैंकहरूको नाफा ६४ अर्ब भन्दा बढी, सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक

काठमाडौँ । वाणिज्य बैंकहरूले ६४ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी नाफा कमाएका छन् । बैंकहरुले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०८०-८१  मा वाणिज्य बैंकहरूले ६४ अर्ब १५ करोड ३० लाख खुद नाफा कमाएका हुन् ।

बैंकहरुको यो नाफा अघिल्लो आर्थिक वर्ष २०७९ -८० को सोही अवधिको तुलनामा १३.४० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकहरुले ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । गत आर्थिक वर्षमा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । उक्त अवधिमा बैंकले ७ अर्ब ६ करोड रुपैयाँ खुद आर्जन गरेको छ । बैंकको यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.२३ प्रतिशतले बढी हो ।

त्यस्तै, दोस्रो स्थानमा सोही अवधिमा नाफा धेरै कमाउनेमा ग्लोबल आईएमई बैंक रहेको छ। बैंकले असार मसान्तसम्ममा ६ अर्ब १६ करोड रुपैयाँ नाफा गरेको छ । त्यसैगरी समिक्षा अवधिमा धेरै नाफा कमाउनेमा तेस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । बैंकले उक्त अवधिमा ५ अर्ब १९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

यता प्रभु बैंकले ४ अर्ब ४८ करोड ८ लाख, कुमारी बैंकले २ अर्ब ३० करोड ८२ लाख, प्राइम कमर्सियल बैंकले ३ अर्ब ७७ करोड ४३ लाख, कृषि विकास बैंकले ३ अर्ब ६५ करोड ५६ लाख, एभरेष्ट बैंकले ३ अर्ब ७० करोड ६ लाख, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ४९ करोड ८२ लाख, स्टान्डर्ड चार्टर्ड बैंकले ३ अर्ब ३० करोड ८९ लाख, लक्ष्मी सनराइज बैंकले ३ अर्ब ३ करोड ४५ लाख खुद नाफा आर्जन गरेका छन् ।

त्यसैगरी सिद्धार्थ बैंकको ३ अर्ब १ करोड ५५ लाख, हिमालयन बैंकको २ अर्ब ८३ करोड ८० लाख, सानिमा बैंकको २ अर्ब ३४ करोड १९ लाख, एनएमबी बैंकको २ अर्ब ३३ करोड ६५ लाख, नेपाल एसबिआई बैंकको २ अर्ब १ करोड ३७ लाख, नेपाल बैंक लिमिटेड बैंकको १ अर्ब ६५ करोड ६८ लाख, एनआईसी एशिया बैंकको १ अर्ब ३८ करोड १८ लाख, सिटिजन्स बैंकको १ अर्ब ३४ करोड २४ लाख नाफा रहेको छ । उक्त अवधिमा सबैभन्दा कम माछापुच्छ्रे  बैंकले १ अर्ब २५ करोड नाफा आर्जन गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै