PRABHU BANK

‘मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्छ’ : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलले नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले नेपालको अर्थतन्त्रमा देखापरेका अधिकांश समस्यालाई सम्बोधन गर्न सहयोग गर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नितीले सरकारको वित्त नीति (बजेट)लाई कार्यन्वयन गर्न सहज हुने बताएका हुन् ।

मौद्रिक नीति सार्वजनिक गरेपछि अर्थमन्त्री पौडेललाई भेट्न पुगेका गभर्नर महाप्रसाद अधिकारीलाई पौडेलले मौद्रिक नीतिले निजी क्षेत्रका उद्योगी व्यवसायीका समस्याहरुलाई समाधान गर्न सहजीकरण गर्ने र थप लगानीका लागि मनोबल बढाउने विश्वास व्यक्त गरेका हुन् ।

अर्थमन्त्री पौडेलले भने, ‘मौद्रिक नीति राम्रो छ । अर्थतन्त्रमा देखिएका समस्याहरुलाई समाधान गर्न सहयोग पुर्याउने गरी लचिलो रुपमा आएको छ,’ अर्थमन्त्री पौडेललाई उदृत गर्दै उनको सचिवालयले भनेको छ, ‘मौद्रिक नीतिले कर्जा विस्तार गर्न र उत्पादनको क्षेत्रमा लगानी बढाउन सहयोग पुर्‍याउनेछ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै