‘अर्थतन्त्रलाई चलायमान बनाउने मौद्रिक नीति आवश्यक छ’: विज्ञ नरबहादुर थापा

काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक तथा मौद्रिक विज्ञ नरबहादुर थापाले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउने मौद्रिक नीति आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आर्थिक वर्षको मौद्रिक नीति सम्बन्धी आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् ।

बैंकमा अधिक तरलता थुप्रिँदा कर्जा माग नहुने समस्यालाई समाधान गर्न नयाँ शिराबाट वित्तीय पूर्वाधारको विकास गर्नुपर्ने भन्दै थापाले मागमा वृद्धि हुनेगरि अर्थतन्त्रमा आएका अड्चनको गाँठो फुकाउनेगरी मौद्रिक नीति आउनुपर्ने बताएका छन् । 

मौद्रिक विज्ञ थापाले समष्टिगत आर्थिक स्थायित्वका लागि नीति तर्जुमा गर्ने कार्य मौद्रिक नीतिले गर्ने भएकाले बजेट जस्तो मौद्रिक नीतिको सामाजिक र राजनीतिक उद्देश्य नहुने भन्दै बाह्य र आन्तरिक अर्थतन्त्रको सुधारका लागि अवलम्बन गरिने व्यापार, मुद्रास्फीति र वित्तीय स्थायित्वलाई यसले जिम्बेवार पूर्वक गाइड गर्नुपर्ने जनाएका छन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्