PRABHU BANK

कामना सेवा विकास बैंकद्वारा कन्चन हरैया लायन्स आँखा हस्पिटललाई सहयोग प्रदान

काठमाडाैं । कामना सेवा विकास बैंकले कन्चन हरैया लायन्स आँखा हस्पिटललाई सहयोग प्रदान गरेकाे छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कन्चन हरैया लायन्स आँखा हस्पिटल लाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको हाे ।

बैंकका तर्फबाट शाखा प्रमुख श्री बाबुराम रेग्मिले लायन्स आँखा हस्पिटलका निवर्तमान अध्यक्ष गणेश आचार्यलाई हस्तान्तरण गरेका हुन ।

कन्चन हरैया लायन्स आँखा हस्पिटलको निवर्तमान अध्यक्ष गणेश आचार्यले समाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको कार्यक्रममा हस्तान्तरण गरिएको वाटर डिस्पेन्सर अति आधारभुत आवश्यकता रहेको जनाएका छन् ।

साथै, हस्पिटल आउने आम बिरामीले प्रत्यक्ष सेवा लिन पाउने भएकोले कार्यक्रमको प्रमुख अतिथि कन्चन गाँउपालिकाको अध्यक्ष नवराज ढकालले धन्यवाद ज्ञापन गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै