PRABHU BANK

कामना सेवा विकास बैंकले ३५ करोड बराबरको अग्राधिकार सेयर जारी गर्दै

काठमाडौँ । कामना सेवा विकास बैंकले अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले ३५ करोड रुपैयाँ बराबरको अग्राधिकार  सेयर जारी गर्ने भएको हो ।

बैंकले आर्थिक वर्ष २०८०-८१ को वार्षिक साधारणसभाबाट अनुमोदन तथा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि १०० रुपैयाँ अंकित दरका कुल ३५ लाख कित्ता अग्राधिकार सेयर जारी गर्ने भएको छ ।

कामना सेवा विकास बैंकका अनुसार यो अग्राधिकार सेयरको लाभांश दर ९ प्रतिशत रहनेछ ।

त्यस्तै, अग्राधिकार संस्थागत लगानीकर्ताले मात्र खरिद गर्न पाउनेछन् । उनीहरुले मुनाफा भएको वर्षमात्र लाभांश पाउनेछन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै