prabhu

अष्ट्रेलियामा रहेका गैर आवासीय नेपालीलाई नेपालमै लगानी गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले अष्ट्रेलियामा रहेका गैर आवासीय नेपालीलाई  नेपालमै लगानी गर्न आग्रह गरका छन् । शनिबार अष्ट्रेलियाको सिड्नीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालमा लगानीको प्रचुर सम्भावना रहेकोले नेपालमै लगानी गर्न अष्ट्रेलियामा रहेका गैर आवासीय नेपालीलाई आग्रह गरेका हुन् ।

नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घ, अष्ट्रेलियाको संयुक्त आयोजनामा सिड्नीमा आयोजित ‘नेपाली अर्थतन्त्रको लगानी सम्भावना र बैंकिङ सेवाहरू बुझ्दै’ कार्यक्रममा सहभागी हुन अष्ट्रेलिया पुगेका ढकालले महासङ्घमा वैदेशिक लगानी प्रवर्तनका लागि छुट्टै एफडीआइ डेस्क स्थापना गरेर स्वदेश तथा विदेशी लगानी भित्र्याउन आवश्यक सहयोग गर्न आफू सदैव तयार रहेको बताएका छन् ।

यस्तै, आगामी आर्थिक वर्षमा १० अर्ब लगानीमा कम्पनी स्थापना गरेर नेपालमा विभिन्न सम्भावित आयोजनामा लगानी गराउने विषय समावेश गरेको भन्दै यसलाई अवसरको रुपमा लिन र नेपालमा लगानी गर्न अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरूलाई आग्रह गरेका छन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै