DISH HOME

बजेट : बैंक तथा वित्तीय संस्थाप्रति जनविश्वास बढाइने

काठमाडौँ ।  बैंक तथा वित्तीय संस्थाप्रति जनविश्वास बढाइने भएको छ । आगामी आर्थिक वर्षको बजेटमा बैंक तथा वित्तिय संस्थाप्रति जना विश्वास बढाई दिगो विकास गर्न ग्राहक हित संरक्षण, संरक्षण, बैंक तथा वित्तीय संस्थाप्रति सेवाग्राहीको दायित्व, कर्जा व्यवस्थापन लगायतका विषयमा सचेतनामूलक कार्यक्रम गरिने भएको हो ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट पेश गर्दै दुर्गम एवं ग्रामीण क्षेत्रमा इबैकिङ सेवा प्रदान गर्न डिजिटल बैंकिङ, घुम्ती बैंकिङ र मोबाइल बैंकिङ सेवालाई सघन रूपमा उपयोग गर्दै लगिने घोषणा गरेका हुन् ।

यस्तै विभिन्न क्षेत्रलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराई व्याजमा दिइँदै आएको अनुदानलाई प्रभावकारी बनाउन ब्याज अनुदानसम्बन्धी कार्यविधि पुनरावलोकन गरिने पनि सरकारको घोषणा छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै