काठमाडौँ । सरकारले बझाङको साइपाल गाउँपालिकामा बैंकको शाखा स्थापना गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट पेश गर्दै साइपाल गाउँपालिकामा बैंकको शाखा स्थापना गर्ने घोषणा गरेका हुन् ।
अर्थमन्त्री पुनले बैंकिङ सेवाबाट साइपाल गाउँपालिका बञ्चित भएकोले आगामी आर्थिक वर्षको बजेटमार्फत उक्त क्षेत्रमा बैंकको शाखा स्थापना गर्ने जनाएको हो ।