‘बैंक तथा वित्तीय संस्थाको ऋण लिएर तिर्दैनौ भन्न मिल्दैन’: मन्त्री चौधरी

काठमाडौँ । महिला, बालबालिका तथा षष्ठ, नागरिक मन्त्री भगवती चौधरीले बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण तिर्दिनौ भन्न नमिल्ने बताएकी छन् । एक वित्तिय संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले केही  व्यक्तिहरूको गलत अभियानले बैंक तथा वित्तिय संस्थाहरूबाट लिएको ऋण तिर्दैनौँ भन्न लगाएर ऋणीहरूले आयआर्जनको बाटो खोज्दै ऋण तिर्ने समय बर्बाद गरिरहेको बताइएकी हुन् ।

केही व्यक्तिहरूले ऋण मिनाहाको कुरा उठाएर ऋणीहरूलाई उक्साउने काम गरेको भन्दै मन्त्री चौधरीले रिना मिनाहाको कुरा असम्भव रहेको बताएकी छन् ।  दुर्गा प्रसाईँ, मणिराम ज्ञवाली जस्ता व्यक्तिहरूले गलत अभियान लिएर अगाडि बहिरहेका छन् यसले ऋणीहरूलाई झन् समस्यामा पार्दै जाने भएकाले यस्ता खाले गतिविधिले मुलुकको अर्थतन्त्रलाई ध्वस्त बनाउने भन्दै मन्त्री चौधरीले ऋणीहरूले पनि सही तरिकाले कसरी समस्या समाधान गर्ने भन्ने कुरा लिएर अगाडि बढ्नुपर्ने बेला भएको बताइन् ।  

मन्त्री चौधरीले भनिन्, ‘ऋण लिइसकेपछि ऋण नै मिनाहाको कुरा गर्नु उचित हुँदैन । यो औचित्य विहीन कुरा हो । त्यसको कुनै अर्थ छैन । ऋण मिनाहाको माग गर्दै उनीहरूको पछि लाग्नु उल्टै आफूलाई समस्यामा पार्नु हो ।’

धेरै संस्थाहरूबाट ऋण लिँदा पनि समस्या उत्पन्न भएको उनको भनाई थियो । संस्थाबाट ऋण लिएको पैसा उत्पादनमूलक क्षेत्रमा लगाउन नसक्दा बैङ्क, वित्तीय संस्था तथा वित्तिय संस्थाको पैसा उठ्न नसकेको उनको भनाई थियो ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै