prabhu

महालक्ष्मी विकास बैंकद्वारा पिछडिएका बालबालिकालाई आर्थिक सहयोग

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पहुँचबाट पिछडिएका बालबालिकालाई छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले राउन्ड टेबल नेपाल मार्फत करिव १ हजार विद्यार्थीहरूलाई आर्थिक सहयोग गरेको हो ।

“बालबालिकालाई शिक्षित गर्नुहोस्” कार्यक्रम अन्तर्गत नेपालभर ८० वटा विद्यालय स्थापना गरी शिक्षा प्रदान गरिरहेको राउन्ड टेबल नेपाल मार्फत बैंकले करिब १ हजार विद्यार्थीहरूका लागि प्रदान गर्न लागेको उक्त छात्रवृत्ति कार्यक्रमसँग सहकार्य गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरेको हो ।

बुधबार काठमाडौँ, धनगढी, वीरगन्ज, नेपालगन्ज, नारायणगढ, जनकपुर, बुटवल, भैरहवा गरी आठ स्थानमा सम्पन्न कार्यक्रममा सहभागी हुँदै बैंकले शिक्षाको मूल धारमा आउन नसकेका, पिछडिएका तथा विभिन्न कारणले बन्दी जीवन बिताएका अभिभावकका बालबालिकाहरूलाई शिक्षाको अवसर प्रदान गर्न आवश्यक समन्वय गर्दै आइरहेको उक्त संस्थासँग मिलेर एक कार्यक्रमका बिच विद्यार्थीहरूका लागि उक्त सहयोग प्रदान गरेको बैंकले जनाएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै