PRABHU BANK

ज्योति बिकास बैंकमा १५ बर्षसम्म टिक्ने कर्मचारी सम्मानित

काठमाडौँ । ज्योति विकास बैंकले बैंकको जागिरमा बर्षौंसम्म टिक्ने कर्मचारीलाई सम्मान गरेको छ । बैंकले १५ वर्षसम्म अनवरत रुपमा सहयात्रा गरेका कर्मचारीहरूलाई सम्मान गरेको हो ।

बैंकको केन्द्रीय कार्यालयमा आयोजित सम्मान कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले कर्मचारीहरूलाई सम्मानित गर्नुका साथै कर्मचारीहरूको जीवन बीमा परिपक्वताको रकम पनि हस्तान्तरण गरेका हुन् ।

सम्मानित हुनेहरूमा विकास रानाभाट, प्रमिला केसी, जमुना रिसाल, अनिता राई र होम कुमारी बस्नेत रहेका छन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ढकालले कर्मचारीहरूले वर्षौंदेखि बैंकमा गरेको समर्पण प्रति हार्दिक आभार व्यक्त गर्दै १५ वर्षको गौरवपूर्ण सहयात्रालाई सफल र सबल बनाउन सफल हुनुहुने कर्मचारीहरू प्रति अत्यन्त अनुगृहीत रहँदै हार्दिक कृतज्ञता ज्ञापन गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै