काठमाडौं । एनएमबी र एभरेष्ट बैंकले बढाएको ब्याजदर आजबाट लागू भएको छ । बैशाख महिनाका लागि दुई बैंकले आज सोमबार बाट लागू हुने भएको हो ।
बैशाखका लागि अन्य बैंकले ब्याजदर घटाउँदा एनएमबी बैंक र एभरेष्टले भने व्याज बढाएका थिए । एनएमबीले ०.९७ प्रतिशत र एभरेष्ट बैंकले ०.५ प्रतिशत ब्याजदर बढाएका हुन् ।
एनएमबीले व्याज बढाएर व्यक्तितर्फ ७.९७ प्रतिशत र संस्थागततर्फको ६.९७ प्रतिशत पुर्याएको छ भने एभरेष्ट बैंकले ०.५ प्रतिशत ब्याजदर बढाएर व्यक्तिगतको ७ प्रतिशत र संस्थागततर्फको ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।