PRABHU BANK

बैंकहरुले आफ्ना कर्मचारीलाई दिए ८३ अर्व कर्जा

काठमाडौं । नेपालका बाणिज्य तथा बिकास बैंकहरुले आफ्ना कर्मचारीहरुलाई दिएको कुल कर्जा ८३ अर्व हाराहारी रहेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुुसार बैंकका कर्मचारीले ८३ अर्ब ६८ करोड ६४ लाख रुपैयाँ बराबरको कर्जा लिएको पाइएको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार २० वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै कर्जा नबिल बैंकले दिएको छ । नबिल बैंकले चालु आर्थिक वर्षको ६ महिनासम्म अफ्ना कर्मचारीलाई १० अर्ब २५ करोड ९३ लाख रुपैयाँ बऋण दिएको छ । यसैगरी सबैभन्दा बढी ऋण दिनेमा राष्ट्रिय वाणिज्य बैंक दोश्रो स्थानमा परेको छ । राष्ट्रिय बाणिज्य बैंकले चालु आर्थिक बर्षको ६ महिनासम्ममा कुल ९ अर्ब ४९ करोड ५१ लाख रुपैयाँ बराबरको कर्जा लगानी गरेको राष्ट्र बैंकको तथ्यांक छ ।

यता बिकास बैंकहरुमध्ये आफ्ना कर्मचारीहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकले सबैभन्दा बढी कर्जा दिएको छ । सांग्रिलापछि ज्योति र गरिमा बिकास बैंकले आफ्ना कर्मचारीहरुमाथि धेरै ऋण लगानी गरेको पाइएको छ ।

बैंकका कर्मचारीहरुले प्राय: घर कर्जा र सवारी कर्जा लिएको पाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै