PRABHU BANK

कुमारी बैंकको सूचना प्रविधि शाखामा सबै सिस्टम ह्याक गर्ने ह्याकरको धम्की

kumari bank

  • बैंकिङ संसार
काठमाडौं । कुमारी बैंक लिमिटेडलाई ह्याकरबाट धम्की आएको छ । आज बिहीबार साउदी ग्रुप नाम गरेको इमेलबाट बैंकको सूचना प्रविधि शाखामा सबै सिस्टम ह्याक गर्ने धम्की आएको हो ।
उक्त धम्की आएपछि बैंकले आफ्नो सबै सिस्टम बन्द गरेको थियो । बैंक स्रोतका अनुसार कसले र किन धम्की दियो भन्ने कुरा बुझ्न नसकिएको र अहिलेसम्म बैंकको सबै सिस्टम ठीक रहेको छ बैंक स्रोतले जनाएको छ ।
धम्की दिने ह्याकरको खोजीकार्य भईरहेको छ । आज साँझ नै सिष्टम सञ्चालनमा ल्याउने तयारीमा बैंक रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै