prabhu

सनराइज बैंकको १४औं साधारणसभा सम्पन्न, ७ प्रतिशत लाभांश पारित

sunrise bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंकको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले बिहिबार अम्रपाली ब्यांक्वेट बालुवाटार, काठमाडौंमा १४औं सभा सम्पन्न गरेको हो ।
सभाले ७५ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले ६.६५ प्रतिशत बोनस सेयर र 0.३५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साथै सभाले यस बैंक र अन्य कुनै पनि बैंक वा वित्तीय संस्थाहरु एक आफूमा गाभ्ने गाभिने वा प्राप्ति गर्न गराउन उपयुक्त देखिएको अवस्थामा आवश्यक सम्पूर्ण कार्यहरु गर्न सञ्चाक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
यस आधारमा पुस २ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् । ६.६५ प्रतिशत बोनस शेयर पारित गरेपछि कम्पनीको चुक्तापूँजी १० अर्ब ११ करोड ८८ लाख पुगेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै