PRABHU BANK

नेपाल एसबीआई बैंकको २८औं वार्षिक साधारणसभा मंगलबार हुँदै, यस्ता छन् छलफल हुने विषयहरु

nepal sbi bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल एसबीआई बैंकको २८औं वार्षिक साधारणसभा मंगलबार (आज) हुँदै छ । बैंकको सभा त्रिभुवन आर्मि अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने भएको छ ।
गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ३.५०% बोनस सेयर र १.८१% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश हुने छ ।
यस्तै बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव पनि रहेको छ ।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ७ गतेबाट २० गतेसम्म बुक क्लोज गरेको छ । पुस ६ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै