PRABHU BANK

एनएमबि बैंकको वार्षिक साधारणसभा बिहिबार हुदैँ, १५.८ प्रतिशत लाभांश पारित गरिने

nmb bank

  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंकको वार्षिक साधारणसभा आज बिहिबार हुँदैछ । बैंकको सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल काठमाडौंमा बिहान १०ः३० बजे सुरु भएको हो ।
सभामा गत आर्थिक वर्षको नाफाबाट १२.५% बोनस सेयर र करसहित ३.३% नगद गरी कुल १५.८% लाभांश वितरण गर्ने प्रस्ताव लैजानेछ ।
साथै बैंकको जारी पूँजी १६ अर्ब ३२ करोड रुपैयाँबाट बढाएर १८ अर्ब ३६ करोड रुपैयाँ पुर्याउने एजेन्डा पनि सभामा राखेको छ ।
बोनस वितरणपछि चुक्ता पूँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै