PRABHU BANK

विजय लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा शनिबार हुँदै, लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने

vijaya laghubitta bittiya sansatha

  • बैकिङ संसार
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा शनिबार हुने भएको छ । कम्पनीको सभा गैंडाकोट रिसोर्ट गैंडाकोटमा बिहान ११ बजेदेखि सुरु हुने भएको हो ।
सभामा संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २०.०३१% बोनस सेयर र कर तिर्न १.०५४% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।
यस्तै अन्य वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा रहेको छ ।
सभामा आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि सभामा राखिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै