PRABHU BANK

कामना सेवा विकास बैंक र नमस्ते पेबीच सम्झौता, यस्ता सुविधा पाईने !

kamana sewa bikas bank

  • बैंकिङ संसार
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र नमस्ते पेबीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी बैंक र नमस्ते पेबीच साझेदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिण बस्नेत र नमस्ते पेका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद भण्डारीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
यस सुविधामार्फत बैंकको मोबाइल बैकिङ सेवा लिएका ग्राहाकहरुले आफ्नो खातामा रहेको रकम मोबाइल बैकिङमार्फत नमस्ते पे मा फण्ड लोड गरी क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, विद्युतयमहसुल भुक्तानी, खानेपानीमहसुल भुक्तानी, मोबाइल टप अपगर्नेलगायत अन्य विभिन्न भुक्तानीहरुको सुविधा लिन सक्नेछन् ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीयकार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, १भ्हतभलकष्यल ऋयगलतभच र १शाखा रहित बैंकिङ सेवा तथा७७ ब्त्ः मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै