PRABHU BANK

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित, खुद नाफा कति ?

nepal investment bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ ।
बैंकले सो अवधिमा १ अर्ब ६२ करोड ४३ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको जनाएको हो । यो नाफा गत वर्षको भन्दा २.३८% ले धेरै हो ।
गत वर्ष यसले १ अर्ब ५८ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो । यो त्रैमाससम्म आइपुग्दा यसको वितरणयोग्य नाफा भने ४८.२१% ले घटेर २५ करोड ५७ लाख रुपैयाँमा झरेको छ ।
यस्तै बैंकका अनुसार पुस मसान्तसम्म आइपुग्दा इन्भेष्टमेन्टको खुद ब्याज आम्दानी १९.३०% ले घटेपनि सञ्चालन नाफा भने ३.२७% ले बढेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै