PRABHU BANK

फरवार्ड माइक्रोफाइनान्सले ४५ करोड ८० लाख ९५ हजार रुपैयाँ नाफा कमाउन सफल

forward microfinance
  • बैंकिङ संसार
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यसअवधिमा कम्पनीको खुद नाफा १०३.५८% ले बढेर ४५ करोड ८० लाख ९५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २२ करोड ५० लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै खुद ब्याज आम्दानी २२.७३% ले बढेर ७३ करोड ८२ लाख ७२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६० करोड १५ लाख ६४ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो ।
कम्पनीको प्रतिसेयर आम्दानी ५६ रुपैयाँ ५४ पैसाले बढेर १४६ रुपैयाँ ४६ पैसा पुगेको छ । अघिल्लो वर्ष संस्थाको प्रतिसेयर आम्दानी ८९ रुपैयाँ ९३ पैसा थियो । प्रतिसेयर नेटवर्थ ३७४ रुपैयाँ ८२ पैसा छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै