PRABHU BANK

छिमेक लघुवित्तको नाफा १९.०२% ले घट्यो, अन्यको अवस्था कस्तो ?

chhimek-laghubitta
  • बैंकिङ संसार
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको खुद नाफा १९.०२% ले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै ४९ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको हो । गत वर्ष यसले ६१ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यता कम्पनीको खुद ब्याज आम्दानी भने १३.९१% ले बढेर १ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यसले ९८ करोड ४१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यसको सञ्चालन नाफा १९.०१% ले घटेर ७१ करोड १९ लाख रुपैयाँमा झरेको छ ।
कम्पनीले निक्षेप संकलन ९.२५% र कर्जा लगानी भने १५.३८% ले विस्तार गरेको छ । यसको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ८९ पैसा र प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ २६ पैसा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै