PRABHU BANK

गरिमा विकास बैंकले ल्यायो कर्पोरेट लन्च प्याकेज अफर, समयमा सस्तो मिठो हाइजेनिक खाजा खुवाउने लक्ष्य

Garima Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । गरिमा विकास बैंकले लस्कर फूडसको कर्पोरेट लन्च प्याकेज लिने भएको छ । सम्झौता अनुसार अब लस्कर फूडसको कर्पोरेट लन्च प्याकेज, गरिमा विकास बैंकको शाखा शाखामा पुग्ने छ । लस्कर फूड्सले हाइजेनिक किचेनको अवधारणालाई अघी सारेर कोर्पोरेट लन्च अफर ल्याएको हो ।
ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघर र कार्यालयमा पुर्याउने लक्ष्य लस्कर फुड्सले लिएको छ । यही अनुरुप गरिमा विकास बैंकले लस्कर फुडसको कर्पोरेट लन्च प्याकेजको सदस्यता लिएको हो । काठमाडौं उपत्यकाका कार्यालय अफिसहरुलाई मध्यनजर गरी समयमा सस्तो मिठो हाइजेनिक खाजा खुवाउने लक्ष्य लस्कर फुडसले लिएको कम्पनीका प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताए ।
लस्कर फूड्सले सुलभ रकम, समयमै हाइजेनिक खाजा खुवाउने लक्ष्य लिएको छ । लस्कर फूड्सको पहिलो कर्पोरेट लन्च प्याकेज गरिमा बिकास बैंकले लिएको हो । लस्कर फुड्सले आकर्षक ’कर्पोरेट लन्च अफर’ ल्याएको छ । लस्कर फुडसको कर्पोरेट लन्च प्याकेजको सदस्यता लिन लस्कर फुडसको कार्यालयमा सम्पर्क गरेर बुझ्न सकिने कम्पनीका प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै