PRABHU BANK

सिटिजन्स बैंक र मनकामना हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकहरुलाई विशेष छुट

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भरतपुर, चितवन स्थित मनकामना हस्पिटल प्रा।लि। बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले मनकामना हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा १५% सम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ । त्यसैगरि आफ्ना कार्डबाहकहरुको सुविधालाई ध्यानमा राखी नेपाल भित्रका जुनसुकै बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था पनि बैंकले विभीन्न वचत खातामा गरेको छ ।
आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क (Kiosk),ई.के.वाई.सी.(E-KYC) तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ । साथसाथै, यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्धश्यले ग्राहक साहायता केन्द्र (Customer Support Centre) को समेत स्थापना गरिसकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै