PRABHU BANK

सनराइज बैंकद्वारा कैलालीका २ सय ७ बालबालिकालाई शैक्षिक सामग्री वितरण, पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्य

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौँ । सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलाली लम्कीका २ सय ७ जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकले आज एक कार्यक्रमका बिच लम्की चुहा नगरपालिका ५ चौरीमा रहेको जनजागृति माध्यामिक विद्यालयमा अध्यनरत विपन्न, गरीब तथा जेहेन्दार २ सय ७ विद्यार्थी बालबालिकालाई उनीहरुको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले शैक्षिक झोला (School bag) सहयोग गरेको बैंकको लम्की शाखाका प्रमुख मातृका खड्काले जानकारी दिएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश बडुवालको अध्यक्षता तथा लम्की चुहा नगरपालिकाका नगर प्रमुख सुशिला शाहीको उपस्थितीमा सहयोग सामग्री वितरण गरेको थियो । उक्त कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष माया विष्ट समेत सहभागिता थियो । लम्कीमा बैंकको शाखा स्थापना भए सँगै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समुदायमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।
पछिल्लो समय संस्थागत सामाजिक उत्तरदायित्वलाई निकै प्राथमिकता दिँदै सनराइज बैंकले देशव्यापी रुपमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । शिक्षा, स्वास्थ्य, बैंकिङ साक्षरता, वातावरण संरक्षण लगायतका विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रमहरु भइरहेको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै