PRABHU BANK

एनएमबि बैंकले पायो ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्ने अनुमति, कति रहनेछ ब्याजदर ?

काठमाडौं – एनएमबि बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले १ हजार रुपैयाँ दरको ३० लाख कित्ता ‘१० प्रतिशत एनएमबि डिबेन्चर २०८५’ जारी गर्न लागेको हो । यसमध्ये १२ लाख कित्तामा सर्वसाधारणले लगानी गर्न सक्नेछन् । बैंकले बाँकी १८ लाख कित्ता आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
उक्त ऋणपत्र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । ऋणपत्रले ‘इक्रा एनपी एलए माइनस’ रेटिङ पाएको छ । यो रेटिङले न्यून कर्जा जोखिम र लगानीका लागि सुरक्षित रहेको जनाउँछ । बैंकले यो ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर दिनेछ ।
बैंकले शेयरधनीलाई हालै १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिएको थियो । बोनस सेयर वितरणपछि बैंकको पुँजी ९ अर्ब ६१ करोड ८१ लाख ६२ हजार रुपैयाँ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै