PRABHU BANK

ठिमी र बनेपामा मुक्तिनाथ विकास बैंकको नयाँ शाखा विस्तार, ११४ ठाउँमा सञ्जाल

काठमाडौँ – मुक्तिनाथ विकास बैंकले भक्तपुर जिल्लाको ठिमी र काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा औपचारिक रुपमा शाखा कार्यालय विस्तार गरेको छ । ठिमी शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेल तथा बनेपा शाखाको समुद्घाटन बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह वादेश्रेष्ठले गरेका हुन् ।
बैंकका सञ्चालक समितिका सदस्य नारायणकुमार श्रेष्ठ सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा उनले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए ।
मुक्तिनाथ विकास बैंकको देशैभरी ११४ वटा शाखा, २० वटा एटिएम सेवा सञ्चालनमा रहेको छ । करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।
ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु , रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, एटिएम कार्ड सेवा, एविविएस जस्ता सुविधाहरु उपलब्ध गराउदै आएको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै