PRABHU BANK

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा ग्राहकहरुलाई रुशाका मेकअप स्टुडियोमा विशेष छुट, ब्युटी कोर्शमा १५%

Shangri-La Development Bank
  • बैंकिङ संसार
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बनेपा र काठमाडौंमा अवस्थित रुशाका मेकअप स्टुडियोमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । सो सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र रुशाका मेकअप स्टुडियोका तर्फबाट उक्त कम्पनीका संचालिका रुशाका वैद्य श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले रुशाका मेकअप स्टुडियोको ब्युटी कोर्शमा १५%, ब्युटी पार्लर सर्भिस मा २०% , ब्युटी सम्बन्धि सामग्रीमा १०% छुट प्राप्त गर्न सकिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै