PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंकको ५२ औं एक्सटेन्सन काउन्टर र राजश्व सङ्कलन केन्द्र बुटवलमा संचालन

Rastriya_Banijya_Bank
बैंकिङ संसाररुपन्देही । लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको बुटवल उप महानगरपालिका कार्यालय परिसरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५२ औं एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्र संचालनमा आएको छ । एक्सटेन्सन काउन्टरको समुद्धघाटन बुटवल उप महानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गरेका थिए ।
कार्यक्रममा उप महानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवल बजार व्यवसायीक क्षेत्र भएकाले काउण्टरबाट सरकारी कारोबार लगायत व्यवसायीक कारोबार समेतको माग रहेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वडा कार्यलयहरुबाट समेत राजश्व सङ्कलन गर्ने योजना रहेको बताए ।
शाखा कार्यालय बुटवल मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिईने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी संचय कोष, नागरिक लगानी कोष लगायतको रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ ।
सो अवसरमा विभिन्न वडाका वडा अध्यक्ष तथा सदस्यहरु, प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी, उद्योग वाणिज्य महासंघ बुटवलका अध्यक्ष उज्वल कसजु, शाखा कार्यालय बुटवलका शाखा प्रबन्धक सुरेन्द्र यादब, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै